नेपाली काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

सफल खबर संवाददाता

आइतबार, ०५ बैशाख २०७८, १७ : ०४
नेपाली काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बैठकका एजेन्डाका विषयमा सहमति हुन नसकेपछि बैठक बस्दै नबसी स्थगित भएको हो । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार दिउँसो २ बजेका लागि तय गरिएको बैठक सोमबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

केन्द्रीय समिति बैठक स्थगित भएपछि शीर्षस्थ नेताहरूबीच अनौपचारिक बैठक भने भइरहेको छ । पार्टीको १४ औँ महाधिवेशको तयारी र सत्ता समीकरणका विषयमा पार्टीभित्र  एकमत कायम हुन नसकेपछि बैठक बस्न नसकेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस