काठमाडौं । कारोबारको पहिलो दिन नेप्से परिसूचक ३५ अंकले घटेको छ । आज नेप्से परिसूचक २७ सय विन्दुबाट तल झरेको छ । नेप्से परिसूचक १.३१ प्रतिशतले घट्दै २६९९.५१ विन्दुमा रोकिएको हो ।
केही दिनदेखि नेप्से परिसूचकले आफ्नो ब्रेक आफै तोड्दै आएको थियो । आज नेप्से घट्नुमा नेप्सेले उचाइ कायम गरिसकेकाले सामान्य करेक्सन भएको बताउँछन् लगानीकर्ता श्याम पोख्रेल ।
आज १ करोड ९५ लाख २८ हजार ६५६ कित्ताको किनबेचमा ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ कारोबार भएको छ । आज सबैभन्दा बढी एभरेष्ट बैंकको कारोबार भएको छ ।
आज एभरेष्ट बैंकको ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज महिला लघुवित्तको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ । आज म्यूचलफण्ड भन्दा बाहेक सबै नेप्से उपसूचक रातो भएका छन् । आज सबैभन्दा बढी व्यापार समूहको शेयर कारोबार घटेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ बैशाख २०७८, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७१ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार, घट्यो कारोबार
५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब बढीको कारोबार
नेप्से परिसूचक २६ अंकले घट्यो
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार