एमसिसी पास गराएर सत्ता टिकाउने दाउमा ओली

पत्रपत्रिकाबाट

आइतबार, ०५ बैशाख २०७८, ०६ : ३६
एमसिसी पास गराएर सत्ता टिकाउने दाउमा ओली

प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन्।

ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभालाई बिजनेस नदिएको भन्दै आलोचना गरेका हुन् । सरकारले बिजनेस नदिईकन बैठकको कार्यसूचीमा कुनै पनि विषय राख्न नमिल्ने संसदीय अभ्यास छ।  

संसदीय अभ्यासविपरीत प्रधानमन्त्री ओलीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लगायत विषयलाई सभामुखले अड्काएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा सभामुखले एमसिसी अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा पेस नगर्नु संविधानविपरीत भन्दै आलोचना गरे।  

बैठकमा एमसिसी सदनबाट पास गर्नुपर्ने विषय आएपछि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायतले विरोध गरेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने उनीहरूले गरेको विरोधप्रति आपत्ति जनाएका थिए ।  नागरिक दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस