कोरोना कहर

शैक्षिक संस्था बन्द गर्न चौतर्फी दबाब, सरकारको निर्णय आज आउदैं

सफल खबर संवाददाता

शनिबार, ०४ बैशाख २०७८, १२ : १६
शैक्षिक संस्था बन्द गर्न चौतर्फी दबाब, सरकारको निर्णय आज आउदैं

काठमाडौं । शैक्षिक संस्था बन्द गर्न चौतर्फी दबाब जारी रहँदा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्दैछ ।

बैठकमा कोरोनाको नयाँ प्रजाति समुदायस्तरमै फैलिएको र बालबालिका सबैभन्दा बढी प्रभावित भएकाले त्यसको जोखिम कम गर्नेबारे छलफल हुने जनाइएको छ ।

संक्रमण दर उकालो लागिरहेको परिस्थितीमा सीसीएमसीले केही महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ । स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई संवेदनशिल क्षेत्रको रुपमा घोषणा गर्दै ती क्षेत्रका बिद्यालय र भीडभाड हुने ठाउँ बन्द गर्न भनिसकेको छ । राष्ट्रिय सभाको संसदीय समितिले पनि तत्काल बन्द गर्न सरकारलाई शुक्रबार निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस