काठमाडौं । देशको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । शनिवार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफैँले फोन गरेर सर्वदलीय बैठकको निम्तो दिएका छन् । ‘प्रधानमन्त्रीज्यूले प्रचण्डलाई फोन गरेर भोलिको सर्वदलीय बैठकमा उपस्थितिका लागि निम्तो दिनुभएको छ,’ थापाले भने ।
यसअघि ललितपुरको एक कार्यक्रममा प्रचण्डले आफूलाई ओलीले फोन गरेको जानकारी गराएका थिए । प्रतिनिधि सभा पुनःस्थापना पछि प्रधानमन्त्री ओलीले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सर्वदलीय बैठक बसेको थियो ।
ओलीले बोलाएको बैठकमा संसद्को हिउँदे अधिवेशन, कोरोना संकट लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ बैशाख २०७८, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वदलीय बैठकमा चुनावी सुरक्षाबारे दलहरूको चासो
प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठक सुरु
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
बागमती प्रदेशमा सर्वदलीय बैठक सुरू
सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम गर्न अनुरोध
बागमतीको सर्वदलीय बैठक निष्कर्षविहीन