कोरोना अपडेट : थपिए ४ सय ९० जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, १६ : ५२
कोरोना अपडेट : थपिए ४ सय ९० जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ९०  जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ५४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार १ सय ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ६ सय ४ पुगेको छ। हाल देशभर ४ हजार ३ सय ८४ सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस