काठमाडौं । रोएल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग आईपीएलको १४औं संस्करणमा लगातार दोस्रो जित हात पारेको छ ।बुधबार चेन्नाइमा भएको खेलमा बेंगलोरले सनराइजर्स हैदरवालाई ६ रनले पराजित गरेको हो । बेंगलोरले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो ।
हैदरावादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ५४ रन बनाए । यस्तै मनिस पाण्डेले ३८, रसिद खानले १७ र जोनी बेयर्स्टोवले १२ रन जोडे बेंगलोरका लागि बलिङमा शहबाज अहेमदले ३ विकेट लिए । त्यसका लागि उनले २ ओभरमा मात्र बलिङ गर्दै जम्मा ७ रन खर्चिए । उनले १७औं ओभरमा सबै ३ विकेट लिएका थिए । यस्तै मोहम्मद सिराज र हर्शल पटेलले समान २ विकेट लिए ।
त्यसअघि चेन्नाईमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले ग्लेन म्याक्सेवलको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । म्याक्सवेलले सर्वाधिक ५९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ३३ रन जोडे ।
हैदरावादका ज्यासन होल्डरले ३ र रसिद खानले २ विकेट लिए । यस्तै भुवनेश्वर कुमार, टी नटराजन र शहबमज नदिमले समान १ विकेट लिए ।लगातार दुई खेल जित्दै ४ अंक जोडेको बेंगलोरले अंकतालिकाको शीर्ष स्थानमा छ । लगातार दुई खेल हारेको हैदरावाद अंकविहीन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ बैशाख २०७८, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने