गुल्मीमा कर्मचारी सवार गाडी दुर्घटना, दुई जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०१ बैशाख २०७८, १२ : ३३
गुल्मीमा कर्मचारी सवार गाडी दुर्घटना, दुई जनाको मृत्यु

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना भएको हो । जिल्ला प्रशासन कार्यालयका कर्मचारी सवार गाडी दुर्घटना भएको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले  जानकारी दिए ।

उक्त गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्य पन्थी, खरिदार किशोरी भण्डारी लगायत सवार रहेको बताइएको छ ।

प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार दुर्घटनामा दुईजना पुरुषको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको उनले बताए ।

दुर्घटना स्थलमा प्रहरीको टोली पुगेर उद्धार कार्यमा खटिएको उनले बताए ।