काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय राजनीतिलाई स्थिर बनाउन नयाँ सरकार बन्नुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले राजनीतिक अस्थिरता अन्त्य र देशको विकासका लागि कांग्रेस सरकारमा जानुपर्ने बताउनुभयो ।
राष्ट्रिय राजनीतिमा सङ्कट परेका बेला कांग्रेसले नै समाधान गरेको बताउँदै उहाँले भन्नुभयो, “यो सङ्कटलाई समाधान गरेर जनताको अभिमतअनुसार अहिले हुन नसकेका काम हामीले गर्नुपर्छ ।”
जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउँदै उहाँले अब बन्ने सरकारले जनताको चाहनाअनुसार काम गरेर निर्वाचन गर्नुपर्ने बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले कांग्रेस सरकारमा जाँदैमा महाधिवेशन नरोकिने जिकिर गर्नुभयो । उहाँले थप्नुभयो, “महाधिवेशन पार्टीलाई वैधानिकता राख्ने विषय हो । यो समयमा नै हुनुपर्छ ।” महाधिवेशन समयमै गर्नका लागि आवश्यक तयारीमा ढिलाइ भएको उहाँको गुनासो थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३१ चैत्र २०७७, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह