कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार थप २० जनामा संक्रमण पुष्टि भएको छ । ४९ नमुनाको परीक्षण गर्दा थप २० जनामा कोरोना पुष्टि भएको हो ।
पुष्टि हुनेमा धनगढीका ८ जना महिला, ९ जना पुरुष, कञ्चनपुरको बेलौरीका १ जना पुरुष र कैलालीको भजनीका २ जना महिला रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटी लाई जानकारी दिए ।
कोरोना संक्रमित मध्ये २ जना भेन्टिलेटर, १ जना आईसीयू र २ जनाको आईसोलेसनमा उपचार भइरहेको उनले बताए । अन्य भने होम आइसोलेशनमै रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ चैत्र २०७७, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण