काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।दुर्घटनामा १७ जना घाइते भएका छन् ।सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप गएराति साढे १० बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापा रहेको दोलखाका प्रहरी नायब उपरीक्षक डिएसपी भेषराज रिजालले जानकारी दिए । उनीहरू सबै सिँगटी गाउँका हुन् ।
घाइतेमध्ये १० जनालाई गएराति नै काठमाडौंमा उपचार गर्न पठाइएको छ । अन्यको सदरमुकाम चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
सो जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको छ । दुर्घटनास्थल सदरमुकामबाट ४० किलोमिटर टाढा पर्दछ । निमित्त प्रमुख जिल्ला अधिकारी बद्रि तिवारी, डिएसपी रिजालसहितको टोली रातभर घाइतेहरुको उद्धार तथा उपचारमा खटिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ चैत्र २०७७, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कास्कीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, १० घाइते
सिन्धुलीमा जिप दुर्घटना, १२ जना घाइते
बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते
बैतडीमा जिप दुर्घटना, एकजनाको मृत्यु
नवलपरासीको देवचुलीमा जिप दुर्घटना, ६ जनाको मृत्यु