नेपाली काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

सफल खबर संवाददाता

सोमबार, ३० चैत्र २०७७, ११ : ३५
नेपाली काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

file-photo

काठमाडौं ।नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

उनले , वरिष्ठ नेताज्यूको भाइको निधन भएकाले आजको बैठक स्थगित गर्न सभापतिले भन्नुभयो । अब अरु सल्लाह गरौंला यो बीचमा भन्नुभयो । त्यसलै आजको बैठक स्थगित गरिएको छ ।’

अब बैठक कहिले बस्छ भने कुरा सोमबार साँझ मात्र थाहा हुने उनले जानकारी दिए । क्रियाशील सदस्यता वितरण, नवीकरण तथा समायोजन  सम्बन्धित कुरा बैठकको एजेण्डा थिए । 

प्रतिक्रिया दिनुहोस