काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दै छ । आसन्न महाधिवेशनलाई लिएर आज दिउँसो २ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजन बैठकको एजेण्डा छ । यसअघि २० चैतको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता बाँड्ने निर्णय कार्यान्वयन नसकेपछि आजको बैठकले पुन: समय थप्न लागेको छ ।
क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकका अनुसार ७७ जिल्लामध्ये ७० जिल्लाको सदस्यता इन्ट्री भइरहेको छ । सात जिल्लाको सुरु नै भएको छैन । सिन्धुपाल्चोकसहितका जिल्लामा समायोजनमा नै विवाद हुँदा सदस्यता वितरणको लागि फर्म नै वितरणमा समस्या छ ।
पाल्पा, हुम्ला, कालिकोट र अर्घाखाँचीको मात्रै सदस्यताको प्रक्रिया सबै पुरा गरेका छन् । सदस्यता इन्ट्रीको काम ९० प्रतिशत सकेका जिल्लाको संख्या ३७ मात्रै सकेको बुझिएको छ ।
आजको बैठकले सदस्यता टुंग्याउन अब अलि कडाई गर्ने र अब पनि नटुंगिए विकल्पमा जाने रणनीति बनाउने छ ।
सदस्यताको टुंगो लगाइसकेपछि आगामी ५ असारबाट गाउँ नगरका वडाको अधिवेशन सुरु हुनुपर्नेछ । तर, सदस्यता जिल्लाले टुङ्ग्याएर पठाएपछि छानबिन समितिले हेर्ने, रुजु गर्ने र अन्तिम नामावली प्रकाशित गर्नका लागि सकस पर्ने देखिन्छ ।
यसले गर्दा असारको पहिलो हप्ताबाट अधिवेशन सुरु गर्नै समस्या देखिन्छ । यसलाई मध्येनजर गरी निर्णय लिने महामन्त्री खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० चैत्र २०७७, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल