तीन साता विद्यालय बन्द गर्न प्रस्ताव

सफल खबर संवाददाता

आइतबार, २९ चैत्र २०७७, १० : ०७
तीन साता विद्यालय बन्द गर्न प्रस्ताव

काठमाडौँ । नयाँ प्रजातिको कोरोना बढेको भन्दै विद्यालय कम्तीमा ३ साता बन्द गर्ने प्रस्ताव गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ । 

मन्त्रिपरिषदले तीन साता विद्यालय बन्द गर्न प्रस्ताव स्वीकार गरे फेरि विद्यालयहरु बन्द हुनेछन् । सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुललगायतका क्षेत्रमा  जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना नभएको सीसीएमसीको बैठकले जनाएको छ । जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालनामा कडाइका साथ अनुगमन गर्न निर्देशन पनि बैठकले दिएको छ ।

बैठकले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ ।सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरूलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय पनि बैठकले गरेको छ । 

प्रतिक्रिया दिनुहोस