नर्वेकी प्रधानमन्त्री परिन् कारबाहीमा

पत्रपत्रिकाबाट

आइतबार, २९ चैत्र २०७७, ०७ : ०५
नर्वेकी प्रधानमन्त्री परिन् कारबाहीमा

काठमाडौं । कोरोनाका कारण नर्वे सरकारले १० जनाभन्दा बढी नजुट्न आदेश जारी गरेको थियो । त्यहीबीच प्रधानमन्त्री एर्ना सोलबर्गले १३ जना आफन्तबीच आफ्नो जन्मदिन मनाइन् । त्यो पनि राजधानीबाहिर रिसोर्टमा गएर । 

जब सार्वजनिक टिभी एनआरकेले त्यसबारे समाचार दियो, फेब्रुअरी अन्तिम साताको उक्त घटनामाथि  प्रहरीले निर्धक्क अनुसन्धान गर्यो । शुक्रबार अबेला प्रतिवेदन आयो–प्रधानमन्त्रीले गल्ती गरेकै हुन् । र, जरिवाना तोकियो–२० हजार क्रोनर ९करिब २ लाख ८१ हजार रुपैयाँ । प्रधानमन्त्री सोलबर्गले यसलाई लिएर माफी मागेको खबर अन्नपूर्ण पोस्टले खबर छापेको छ ।
 

प्रतिक्रिया दिनुहोस