काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने दावी गरेका छन् । उनले नयाँ प्रधानमन्त्री पार्टी सभापति शेरबहादुर देउवा बन्ने जिकिर समेत गरे ।
शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् ।
‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ’, उनले भने, ‘ यस विषयमा अन्य दलसँग छलफल जारी छ ।’ माओवादीसहित जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उनको भनाइ थियो ।
अर्को प्रसंगमा उनले समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने आफूहरुको धारणा रहेको र सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्न नहुनेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ चैत्र २०७७, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस