सत्तामा भएको बेला आफू नै ‘राजा’ भएको घमण्डमा किन तल्लीन छन् प्रधानमन्त्री ओली ?

‘माधव–झलनाथसँगको सम्बन्धविच्छेदले ओली विरुद्ध संयुक्त मोर्चाबन्दी झनै कसिलो’

सफल खबर संवाददाता

शनिबार, २८ चैत्र २०७७, ०९ : ४०
सत्तामा भएको बेला आफू नै ‘राजा’ भएको घमण्डमा किन तल्लीन छन् प्रधानमन्त्री ओली ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली सत्तारोहन भएयता लगातार राज्यका निकाय कब्जा गर्ने, संविधान विपरितका गतिविधि गर्ने र आफ्ना विरोधी सिध्याउने खेलमा लागेका छन् । प्रधानमन्त्री भएपछि उनको रवैया नै परिवर्तन भएको ओली निकट समकालिन पुराना नेताहरुले समेत बताउन थालेका छन् । 

सरकार देखि पार्टी सम्म उनको रवैया आफु अनुकुल बनाउने तर्फ उद्यत बन्दै गएको देखेपछि अहिले ओलीलाई जसरी भएपनि वर्खास्त गर्ने ध्येयका साथ एमाले भित्रका केही नेताले राम्रै तयारी थालेका छन् । जानकार स्रोतहरुका अनुसार ओलीलाई एमाले भित्रबाट नै पूर्ण रुपमा विस्थापित गर्नका लागि माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुले देशव्यापी रुपमा नै समानान्तर संरचना बनाउन थालेका छन् । 

विभिन्न प्रदेश कमिटि, जिल्ला कमिटि तथा जनवर्गीय एवम् भातृ संगठनका समेत समानान्र कमिटि निर्माणलाई उनीहरुले तिव्रता दिएका छन् । एमालेमा नै रहेर समानान्तर संरचना बनाउने भन्ने कुरा मिल्दो विषय त होइन । तर, जानकारहरुका अनुसार पहिलो चरणमा समानान्तर संरचना बनाउने, ओली विरुद्ध नेता तथा कार्यकर्तालाई संगठित गर्ने र अन्त्यमा फरक पार्टी दर्ता गर्ने तयारीमा उनीहरु रहेका छन् । 

गणतन्त्रको आन्दोलनमा कहिल्यै नभेटिएका ओली र विद्यादेवी भण्डारीलाई खास अर्थमा जनताले लडेर ल्याइदिएको परिर्तनका साझा एजेण्डा नै मन परेको छैन । जसलाई कार्यसूचीमा नै विश्वास छैन । बयलगाडा चढेर अमेरिका जाने मान्यताका खास व्यक्तिका रुपमा रहेका ओलीलाई कुनै पनि परिर्तनको मूल्य तथा मान्यता नै मन परेको छैन ।  त्यसकारण माधव नेपाल समूहले तत्काल ओलीलाई कारवाही गरेर पार्टी जिम्मा लिने र वृहद वामपन्थी एकता प्रक्रियालाई अगाडि बढाउनु जरुरी छ ।

जुन स्तरको तयारी हुनुपर्ने थियो, त्यो प्रकारको गतिविधि भने अझै पनि हुन नसकेको नेपाल खनाल पक्षका एक नेताले बताए । जुन सोच र उचाईका साथ ओली विरुद्धको मोर्चा फराकिलो बनाउनुपर्ने थियो, त्यो भने नभएको आम कार्यकर्ताको समेत बुझाई रहेको छ । नेता, कार्यकर्ताको बुझाईमा ओलीले सबै बिगारिसकेका छन् । राजनीतिक मूल्य भत्काए । जनताको अपेक्षा भत्काए । विधि मिचे, कानून मिचे, संविधान मिचे । आफ्नै सहयोद्धालाई पराई सम्झेर साथीत्वको भावना मेट्ने सम्मको काम गरेका छन् । 

माधवकुमार नेपाल पक्षले तत्काल ओलीसँग सम्बन्धविच्छेद गरेर जाने हिम्मत राख्नुपर्ने आम जनसुमदायको मत छ । त्यसो भएको खण्डमा मात्रै जनताको अपेक्षाअनुसार प्रतिगमनलाई खास अर्थमा पराजित गर्न सकिन्छ । प्रतिगमनको मतियार नै भनेपछि उसलाई किन छुट दिनुप¥यो र भन्ने आम बुझाई छ । ओलीले जसरी जनताको अपमान गरेका छन्, उनलाई सजाय दिन ढिला गरिनु हुँदैन । तर जानकारहरुका अनुसार खुफिया एजेन्सीको आदेशका भरमा चल्ने प्रवृत्ति देशभित्र जवरजस्त सक्रिय रहेको छ ।

विशेष गरी आफनो स्वार्थका लागि भारतले यतिबेला ओलीलाई बोकेको छ । किनकी, राष्ट्रवादको जामा पहिराएर सत्तामा पुगेका ओली सोही जामा नै नजोगिने अवस्थामा पुगेका छन् । पछिल्ला दिनमा भारतसँग लम्पसार परेर उनले जुन खालको हर्कत देखाएका छन्, त्यसको उनको राष्ट्रवादको मुकुण्डो समेत उतारिदिएको छ ।  ओलीमा एक प्रकारको दम्भ देखिएको राजनीतिक विश्लेषकहरुको ठहर छ । त्यो दम्भ सकिएको दिन उनी खास अर्थमा धरातलमा आउनेछन् । उनले बल्ल आफनो हैसियत थाहा पाउनेछन् । सत्तामा भएको बेला सबैलाई आफू नै राजा भएको घमण्ड चढ्छ । आफू कानून भन्दा माथि भएको अहंकार पनि बढ्छ । लालसा पनि बढ्छ । खासमा यतिबेला ओलीलाई पनि दम्भ, अहंकार एवम् लालसाको रसायनले काम गरेको छ । 

उनमा देखिएको उद्घाटन र शिलान्याशको हतारो, कार्यकर्ता रिझाउने चटारो तथा राज्यस्रोतमा भइरहेको दोहन, बढ्दै गएको भ्रष्टाचारको विषम अवस्था, दण्डहिनताको वृद्धि तथा सामाजिक अमन चयनमा आएको विचलनका कारण पनि उनको नेतृत्वमा रहेको सरकार नेपाली जनताका लागि भार सावित भएको छ । नेपाली जनताले आफनो वर्गशत्रु जस्तै भएका ओलीलाई तत्काल विदाई गर्न चाहेका छन् । तर, भारतीय खुफिया एजेन्सीको मान्छेले के भन्लान् भन्ने अवस्थामा रहेका महन्थ ठाकुर, राजेन्द्र महत्तोका कारण ओलीे सरकारमा बसेर तर मारिरहेको राजनीतिक जानकारहरुको टिप्पणी छ । ओलीलाई जोगाउन भारतीय खुफिया एजेन्सी नै स्पष्ट रुपमा लागेको छ । यो नेपाली जनतामाथिको अपमान हो । यो सार्वभौमसत्ता सम्पन्न देश विरुद्धको कदम हो ।

नेपाली राजनीतिमा देखापरेको प्रवृत्तिलाई परास्त नगर्दासम्म ओली र ओली प्रवृत्तिबाट नेपाली जनताले मुक्ति पाउन असम्भव जस्तै रहेको छ । प्रतिगमनका खास मतियारको रुपमा रहेको ओली प्रवृत्तिलाई मूल रुपमा विदाई गर्नका लागि माधव नेपाल पक्षीय एमाले, नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) ले तत्काल प्रयास गर्नुपर्ने आम सर्वसाधारणको बुझाई छ ।  संविधान मिच्ने, विधि, कानून सबै मिच्नेलाई जति दिन सिंहदबारको ताला चाबी बुझाइन्छ, त्यतिबेलासम्म नेपाली जनताको विश्वास खण्डित भएर जानेछ । 

गणतन्त्रको आन्दोलनमा कहिल्यै नभेटिएका ओली र विद्यादेवी भण्डारीलाई खास अर्थमा जनताले लडेर ल्याइदिएको परिर्तनका साझा एजेण्डा नै मन परेको छैन । जसलाई कार्यसूचीमा नै विश्वास छैन । बयलगाडा चढेर अमेरिका जाने मान्यताका खास व्यक्तिका रुपमा रहेका ओलीलाई कुनै पनि परिर्तनको मूल्य तथा मान्यता नै मन परेको छैन ।  त्यसकारण माधव नेपाल समूहले तत्काल ओलीलाई कारवाही गरेर पार्टी जिम्मा लिने र वृहद वामपन्थी एकता प्रक्रियालाई अगाडि बढाउनु जरुरी छ ।

माधव नेपालले देशव्यापी रुपमा आह्वान गर्ने हो भने पनि एउटा खास माहोल बन्न सक्छ, त्यसतर्फ तत्काल ध्यान दिनु जरुरी छ । किनकी विगतमा आएको प्रतिगमन यतिबेला वामपन्थको नाममा आएको छ । भोलि निरंकुशता आउँछ । त्यसपछि तानाशाहले आफ्ना लागि हुने नहुने सबै खालका हर्कत पनि गर्छ । जसलाई नेपाली जनताको कुनै माया छैन, भने उसलाई आफना लागि जे जस्तो गर्दा पनि हुन्छ । त्यसकारण ओलीलाई अपदस्थ गर्न कुनै पनि अर्थमा ढिलाई गर्न नहुने राजनीतिक विश्लेषकहरुको टिप्पणी छ । 
 

प्रतिक्रिया दिनुहोस