आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, २८ चैत्र २०७७, ०८ : १५
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारपहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अरु भू–भागको मौसम सफा रहने जनाएको छ ।

स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडी क्षेत्रको मौसम केही प्रभावित हुने देखिएको हो । अहिले प्रदेश१ लगायत देशका पहाडी भू–भागहरूमा आंशिक बदली भएको छ । दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने मौसमविदले बताएका छन् ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।
यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस