काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाले कब्जा गरेका सरकारी जग्गा फिर्ता गराइने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका–५ अन्तर्गतको सरकारी जग्गामा सरकारी बोर्ड राख्ने कार्यक्रममा आज उहाँले सरकार सुशासन कायम गराउन प्रतिबद्ध रहेको बताउनुभएको हो ।
काठमाडौँ पहेँलो पुलस्थित सरकारी जग्गालाई भूमाफियाले प्रयोग गरेपछि आज उपप्रधानमन्त्री पोखरेल र भूमि व्यवस्था, सहकारी तथ गरिबी निवारणमन्त्री डा शिवमाया तुम्वाहाङ्फेको उपस्थितिमा ‘यो जग्गा नेपाल सरकारको हो’ भनी लेखिएको बोर्ड राखिएको छ ।
कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारी जग्गालाई दुरुपयोग गर्नेलाई कडा कारवाही गर्ने बताउनुभयो । उहाँले सरकारी जग्गा दुरुपयोग हुन नदिन स्थानीयवासीसमेत चनाखो हुनुपर्ने धारणा राख्नुभयो । उहाँले राजनीतिक आग्रह वा पूर्वाग्रहभन्दा पनि सार्वजनिक जग्गाको रक्षा गर्ने सरकारको अभियान भएको बताउनुभयो ।
भूमि व्यवस्थामन्त्री तुम्वाहाङ्फेले सार्वजनिक जग्गाको अतिक्रमण गर्ने क्रम बढेकाले सरकारले आफ्नो जग्गा आफ्नो नाममा ल्याउने अभियानलाई तीव्रता दिने जानकारी दिनुभयो । काठमाडौँ क्षेत्र नम्बर ५ का प्रदेश सांसद नारायण सिलवालले २०२१ सालमा खोलाले धार काटेपछि बाँकी रहेको जग्गालाई व्यक्तिले गुठीको नाममा दर्ता गरी मोही कायम गरेकाले त्यसलाई फिर्ता गरिएको बताउनुभयो ।
सरकारी टोलीले आज महानगरपालिका–५ मा रहेको कित्ता नम्बर २०८, २१०, २४७, २४९, २५१ गरी कूल दुई हजार ९०८ दशमलव ४४ वर्गकिलोमिटर अतिक्रमित जग्गामा सरकारी बोर्ड राखेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २७ चैत्र २०७७, २१ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकको विकासका निम्ति दुवै छिमेकीको सहयोग अपरिहार्य : ईश्वर पोखरेल
वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर पोखरेल
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं: ईश्वर पोखरेल
वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी