सरकारबाट प्रधानमन्त्री ओली बहिर्गमन हुनु पर्छ : चित्रबहादुर केसी

रासस

शुक्रबार, २७ चैत्र २०७७, २० : ००
सरकारबाट प्रधानमन्त्री ओली बहिर्गमन हुनु पर्छ : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारबाट प्रधानमन्त्री ओली बहिर्गमन हुनु पर्ने बताएका छन् । उनले विदेशी शक्तिहरुले  सरकार बनाउनको लागि जुट मिलाउन खोजेपनि अझै सम्म नमिल्दा  अलमल भएको बताएका छन् ।

आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै के सीले भने  ‘बाह्य शक्तिहरुले दलहरुको जुट मिलाउन खोजेका छन् । त्यो मिलिरहेको छैन ।’ उनले विदेशीहरु आफ्नो स्वार्थ अुनसार चलाउनको लागि दलहरु विरालोले मुसो खेलाए जस्तै खेलाएको बताए ।

पुनःस्थापित संसदलाई विघटन गरी मध्यावधि निर्वाचनमा जाने खेल भइरहेको भन्दै त्यो रोक्नको लागि वामपन्थीहरु सरकार फेरी बन्नु पर्ने बताए । उनले भर्ने ओली हटाएर फेरी वामपन्थीहरुको सरकार बन्नुपर्छ त्यसको लागि वामपन्थीहरु विच कार्यगत एकता अथवा अन्य सहकार्य हुनुपर्छ,। उनले जनताले दिएको म्यान्डेट अनुसार २०÷२२ महिला पहिले नै निर्वाचानमा जानु गलत  भएको बताए ।

मुलुकमा बामपन्थीहरुको बहुँमत हुँदाहुँदै कम्युनिष्टहरुले कुर्सीका लागि झगडा गर्दा मुलुक अहिलेको अवस्थासम्म आइपुगेको बताए । केसीले संसद खरिद विक्रि गर्ने खेल भइरहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई विजनेश नदिएर काम विहिन बनाएको आरोप लगाए । उनले भने भर्ने  पहिला एक ठाउँमा  खरिद विक्री हुने थियो अहिले ८ ठाउँमा खरिद विक्री भएको छ ।,

जनमोर्चाको यही चैत्र २४ गतेदेखि २६ गतेसम्म भएको राष्ट्रिय सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणा पत्रमा संघीयता खारेजीको मागलाई प्राथमिकताका साथ राखिएको छ । संघीयताकै कारण मुलुकको राजनैतिक अवस्था अहिलेको स्थीतिमा आइपुगेको बताउँदै  संघिता खोरेज  माग दोहोराए

प्रतिक्रिया दिनुहोस