कोरोना संक्रमित बढ्न थाले, विद्यालय के गर्ने ?

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०७७, १७ : ०९
कोरोना संक्रमित बढ्न थाले, विद्यालय के गर्ने ?

काठमाडौँ । कोरोना संक्रमित बढ्न थालेपछि विद्यालय के गर्ने भन्ने विषयमा छलफल चल्न थालेको छ । काठमाडौं महानगरपालिका भित्रका विद्यालय बन्द गर्ने वा सञ्चालनलाई निरन्तरता दिनेबारे काठमाडौं महानगरले छलफल थालेको छ ।

कोरोना संक्रमणको नयाँ लहर सुरु भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको छ । महानगरले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयका प्रधानाध्यापकसँग छलफल अघि बढाएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए । विद्यालयका प्रअहरुको सुझावका आधारमा महानगरपालिकाले निर्णय गर्ने उनले बताए ।

सकेसम्म अरु सामाजिक गतिविधिलाई पनि असर नपर्ने गरी स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सकिन्छ कि भनेर छलफल भइरहेको बताए । 
काठमाडौं उपत्यकामा जात्रा पर्वको समय आएकोले त्यसलाई भाँड्ने गरी सूचना जानकारी आएको भन्दै जात्रा पर्व व्यवस्थित ढंगले सञ्चालनका लागि महानगरले भूमिका निर्वाह गर्ने मेयर शाक्यले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस