काठमाडौं । नेपाली काँग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई पदच्युत गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा शुक्रबार निजामति कर्मचारी युनियनको राष्ट्रिय भेलामा उनले भने, ‘यो बेला नेपाली काँग्रेसको कर्तव्य हो ।आज राजनीतिक दलको कर्तव्य हुन्छ धर्म हुन्छ । हामीले हाम्रो कर्तव्य र धर्म निर्वाह गर्दै गर्दा परिणाम हाम्रो पक्षमा आउछ कि आउँदैन थाहा छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई पदच्युत गर्ने, प्रधानमन्त्रीबाट हटाउनै पर्छ ।’
थापाका अनुसार जेष्ठ १५ गते ओली सरकारले बजेट ल्याउन पायो भने सिंगो देशले बोक्न नसक्ने भारी नेपालको अर्थतन्त्रलाई बोकाउने गरी बजेट ल्याउँछ । उनले भने, ‘तर त्यसको उत्तर हामी दिन सक्ने अवस्थामा रहँदैनौँ ।’ त्यसपछि के हुन्छ त्यसको सामना गर्ने सामर्थ्य नेपाली काँग्रेसले रहेको थापाले बताए । ‘हामीले देशलाई निर्वाचन मै लिएर जाने हो । प्रधानमन्त्री केपी ओली रहँदै गर्दा हुने नाफा घाटाको कुरा पनि गर्दिन । त्यति सामना गर्न काँग्रेससँग सामर्थ्य छ, तयार छ । केपी ओलीलाई दण्डित गर्ने काँग्रेसको कर्तव्य र धर्म हो’ उनले भने ।
केपी ओलीलाई यसकारण पदच्युत गरेर निर्वाचनमा आएका छौं भन्न सक्नुपर्ने थापाको भनाइ छ । उनले भने, ‘८–१० महिना केपी ओलीले पारेका भ्याङहरु हामी टाल्छौँ । यो अवस्थामा काँग्रेस पुग्नुपर्छ ।’ निर्वाचनबाट पाँच वर्ष मौका पाउँदै गर्दा के गर्छौं भनेर औँला भाँचेर भन्न सक्नुपर्ने बताए । ‘यो पटक काँग्रेस निर्वाचनमा जाँदै गर्दा मेरा बाले घ्यु खाएका थिए सुँघ सुँघ भनेर हुँदैन’ उनले भने, ‘१५ सालमा यो गरेका थियौं, ४८ मा यो गरेका थियौं भन्ने हो । गरेकैले भन्छ । एजेण्डा पनि लिने हो । तर पाँच वर्ष मौका पाउँदै गर्दा के गर्छौं भनेर औँला भाँचेर भन्न सक्नुपर्छ ।’
आगामी निर्वाचनपछि काँग्रेसले पाँच वर्ष सरकार चलाउने दाबी गरे । ‘यो बेहाल अवस्थाबाट कुन विन्दुमा पुर्याउछौँ भन्न सक्नुपर्छ । हामी सरकार बनाउँछौं बनाउँछौं । पाँच वर्ष सरकार चलाउँछौं चलाउँछौं’ उनले भने । थापाले कर्मचारी समायोजनको विधेयक संसदबाट पारित हुन नदिने पनि दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०७७, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा