आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०७७, ०७ : ५३
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।  महाशाखाका अनुसार नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको छ । 

बिहीबार साँझ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्ला वर्षा भएको थियो भने जसका कारण तुवाँलोमा केही कमी आएको छ ।  महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका  पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ । 

यस्तै  प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी तथा मध्य पहाडी तथा तराइका केही भूभागहरुमा हल्का तुंवालो समेत लाग्न सक्ने सम्भावना रहेको छ । 

यस्तै राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ। यसैगरी पहाडी भूभागका एक वा दुइ स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस