नेपाल पत्रकार महासंघ चितवनमा अधिकारी विजयी

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०७७, १० : ५३
नेपाल पत्रकार महासंघ चितवनमा अधिकारी विजयी

चितवन । नेपाल पत्रकार महासंघ चितवनको निर्वाचनमा  नारायणप्रसाद अधिकारी विजयी भएका छन् ।चितवनमा २७४ मतदाता रहेकोमा विदेशमा रहेका बाहेक कुल २६६ मत खसेको थियो । जसमा अधिकारीले १४६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी प्रेस चौतारी प्यानलका तिलक रिमालले ११२ मत पाएका छन् । यस्तै, स्वतन्त्र प्यानलबाट सूर्यप्रसाद कँडेलले ४ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलबाट प्रकाशमणि ज्ञवाली निर्वाचित भएका छन् । उनले १२४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी रमाकान्त पौडेलले १२४ मत ल्याए । उपाध्यक्षमा स्वतन्त्र प्यानलका विनोदबाबु रिजालको ९ मत आयो ।

यसैगरी, महिला उपाध्यक्षमा पनि लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलकै प्रमिता ढकाल विजयी भएकी छन् । उनले १४१ मत ल्याउँदा प्रेस चौतारी प्यानलकी शान्ता अधिकारी बीले १२२ मत पाइन् ।

सचिवमा प्रेस चौतारी प्यानलका दीपेन्द्र अधिकारी विजयी बने । उनले १४२ मत ल्याउँदा प्रतिस्पर्धी अनिल ढकालले १२४ मत प्राप्त गरे । चौतारी प्यानलको ११३ मत सुरक्षित रहे पनि अधिकारीलाई स्वतन्त्र समूहका र प्रेस युनियनको मत निर्णायक बनेको हो ।

यसैगरी, सहसचिवमा चौतारी प्यानलका आनन्द पोखरेलले १२३ मतसहित बाजी मारे । उनले ५ मतले लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलका टीकादत्त तिमिल्सिनालाई हराएका हुन् ।

उनले ११८ मत प्राप्त गरे । चुनावी गठबन्धनमा जित सुनिश्चित भइसकेका तिमिल्सिनालाई हराउन युनियनका राजु सापकोटा लागिपरेका थिए । उनले उक्त पदमा बागी उमेदवारी दिएर मतदानको मध्यान्तरमा उमेदवारी फिर्ता लिएको घोषणा गरेका थिए । सापकोटाले २१ मत ल्याए । यद्यपि प्रेस युनियनले उनलाई अनुशासनको कारबाही गरिसकेको छ ।

यस्तै, समावेशी सहसचिवमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलका उर्गेन तामाङ विजयी भए । उनले १५२ मत प्राप्त गर्दा प्रतिस्पर्धी चौतारी प्यानलका अमिर रामदामले १०१ मत प्राप्त गरे ।

यसैगरी, कोषाध्यक्षमा समावेशी सहसचिवमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलबाटै राजेन्द्र आचार्य निर्वाचित भए । आचार्यले १०६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी चौतारी प्यानलका गोविन्द घिमिरेले १०२ मत प्राप्त गर्दा अर्का स्वतन्त्र उमेदवार राजेश घिमिरेले ५७ मत प्राप्त गरे ।

यसैगरी महिला सदस्यमा शोभा पुडासैनी १५६, दलित महिला सदस्यमा एलिना पोखरेल प्रिति १४८ र आदिवासी जनजाति सदस्यमा तुलमान गुरूङ अत्यधिक १७८ मतका साथ निर्वाचित भए । तीनै जना लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलका हुन् ।

यस्तै, खुल्ला सदस्यहरुमा अनिल भट्टराई, बबिलाल तामाङ, बसन्त शर्मा ढुङ्गाना, विकास पौडेल, समीक्षा पुरी, सरिता पौडेल, विवेक पोखरेल, ज्ञानेन्द्र तामाङ र विप्लव काफ्ले विजयी भए ।

प्रतिक्रिया दिनुहोस