पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ विजयी

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०७७, १० : ४५
पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको निर्वाचनमा जीवनप्रसाद श्रेष्ठ नेतृत्वको वाम गठबन्धन प्यानल विजयी बनेको छ । सिन्धुपाल्चोकमा एमाले निकट प्रेस चौतारी र माओवादी केन्द्र निकट प्रेस संगठनको संयुक्त प्यानल थियो भने काँग्रेस निकट प्रेस युनियन छुट्टै चुनाव लडेको थियो । 

बुधबार राति सम्पन्न मतगणना अनुसार उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्री, सचिवमा विदुर आचार्य , सहसचिवमा नानीराम नेपाल ,सहसचीव समावेशीमा केदार माझी विजयी बनेका हुन् ।

त्यस्तै कोषाध्यक्षमा नेत्र प्रसाद पौडेल सदस्यहरूमा दिपक खत्री, गोमा खत्री, देवराज सुवेदी, प्रभात श्रेष्ठ, दिनेश दुलाल र अशोक पराजुली विजयी बनेका छन् । यसअघि समावेशी सदस्यमा केशव अधिकारी, जनजाति सदस्य लालकाजी तामाङ ,दलित सदस्य सिर्जना बराल निर्विरोध निर्वाचित भइसकेका थिए ।

महासघ जिल्ला शाखाबाट केन्द्रीय परिषद सदस्यमा प्रमोद न्यौपाने र ज्ञानेन्द्र तिमल्सिना विजयी भएका छन् । यस्तै प्रदेश परिषदमा टीका सुबेदी , मणिसुन्दर काईराला, निर्मल बस्नेत, सन्तोष चौलागाई , सीताराम कोराला विजयी भएका छन् । यसअधि प्रदेश परिषद् सदस्यमा सुनिता रखाल र केन्द्रीय परिषद् सदस्यमा शर्मिला ठकुरी निर्विरोध भएका थिए । 

प्रतिक्रिया दिनुहोस