काठमाडौं । च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले एएफसी पोर्टोलाई उसैको घरेलु मैदानमा २–० ले हराएको छ । चेल्सीलाई जित दिलाउने क्रममा मासोन माउन्ट र बिन चिलवेलले निर्णायक गोल गरे । यी दुबै खेलाडीले चेल्सीका लागि च्याम्पियन्स लिगमा पहिलोपटक गोल गरेका हुन् ।
पहिलो हाफमा पोर्चुगिज टोली घरेलु मैदानमा निकै आक्रामक देखिएको थियो । पेपे, लुुईज डियाज र मेटिस उरिबले गोलका लागि सुन्दर अवसर पाएका थिए । तर पहिलो गोल ३२ औं मिनेटमा चेल्सीका लागि मासोन माउन्टले गरे ।
त्यसयता पोर्टोले फेरि चेल्सीको रक्षापंक्तीलाई दबाबमा राख्यो । तर गोल भने गर्न सकेन । खेलको ८५ औं बिल चिलवेलले अर्को गोल गरेपछि भने चेल्सी बलियो अवस्थामा पुुग्यो । अवे मैदानमा हासिल गरेको यस जितसँगै चेल्सीले सेमिफाइनलमा पुुग्ने संभावना बलियो बनाएको छ ।
यद्यपी, अर्को साता दुुई टोलीबीच चेल्सीको गृहमैदानमा हुने खेलले नतिजा निर्णाधरण गर्नेछ । सेमिफाइनलको आशा जिवित राख्न पोर्टोले यस खेलमा कम्तिमा २ गोल अन्तरको जित हासिल गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ चैत्र २०७७, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मलेसियाविरुद्ध नेपालको फराकिलो जित
मलेसियाविरुद्ध ७ छक्कासहित करण केसीको विष्फोटक ब्याटिङ
त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्स र मलेसिया खेल्दै
नेपाल नेदरल्यान्ड्ससँग पराजित
त्रिकोणात्मक सिरिजमा नेपाल नेदरल्याण्डसँग पराजित
एसियाकै प्रभावशाली युवाको सूचीमा गौरिका