आरबीब एनभीए भलिबल लिगको फाइनलमा पुलिस र न्यू डायमन्ड भिड्दै

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०७७, १४ : ३६
आरबीब एनभीए भलिबल लिगको फाइनलमा पुलिस र न्यू डायमन्ड भिड्दै

काठमाडौं । आरबीबी एनभीए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिगमा मिहिला तर्फ नेपाल पुलिस क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लबले फाइनल खेल्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले बिभागिय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउदै फाइनलमा स्थान बनाएको हो ।

पहिलो सेट २६-२४ ले जितेको पुलिसले दोस्रो सेटमा २५-१७ को नातिजा निकाल्यो । आर्मीमाथी दाबाब काएम राख्दै पुलिसले तेस्रो सेट २६-२४ ले आफ्नो पोल्टोमा पर्दै फाइनलमा प्रवेश गर्‍यो भने दोस्रो खेलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल एपीएफ क्लबलाई ३-१ सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

पहिलो र दोस्रो सेट लागातार २५-२१, २६-२५ ले जित्दै एपीएफ माथी हाबी भएको न्यू डायमन्डले तेस्रो सेट १४-२५ ले एपीएफलाई सुम्पेको थियो । रोमान्चक खेल्को चौथो सेट न्यू डायमन्डले पुनः २५-२१ ले जितेर लिगको शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ ।

पुलिसको ५ खेल बाट ११ अंकसहित लिग तालिका को दोस्रो स्थानमा छ। भने समान खेलबाट १३ अंक सहित न्यू डायमन्ड लिग तालिकाको शीर्ष स्थानमा रहदै फाइनलमा पुलिस विरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ। एपीएफको १० र आर्मीको ८ अंक छ ।

भरतपुर महानगरपालिका खेल्कुद परिषदको ३ र ढोरपाटन ० अंक छ । फाइनलमा भोलि बिहिवार पुलिस र न्यू डायमन्ड आमने सामने हुनेछन् ।

प्रतियोगितमा विजयी टिमले नगद ३ लाख सहित ट्रफी प्राप्त गर्ने छ । उपविजेताले १ लाख ५० हजार, तेश्रोले ७५ हजार र चौथोले ३७ हजार ५ सय प्राप्त गर्ने छन् । यसका साथै खेलाडीहरुले मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । उत्कृष्ट महिला तथा पुरुष दुई खेलाडीले जनही २५ हजार र विधागतमा उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस