पुनस्थापित संसद फेरी विघटनको खेल शुरु भयो : अध्यक्ष केसी

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, २० : ०३
पुनस्थापित संसद फेरी विघटनको खेल शुरु भयो : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुनस्थापित संसद फेरी विघटनको खेल शुरु भएको बताएका छन् ।

 राष्ट्रिय जनमोर्चाको चौथौ राष्ट्रिय सम्मेलन बुटवलमा शुरु भएको भेलाई सम्वोधन गर्दे के सी ले  सरकारले संसदलाई विनेश दिन नचाहेको उल्लेख गर्दै देशलाई निकास दिन प्रधानमनत्रीले  राजीनामा दिनुको विकल्प नभएको दोहाराए।

सरकारको असफलताका कारण नेपालमा बाह्य शक्ति सक्रिय भएको  दावी  गर्दे  भारतले नेपालमा अस्थिरता चाहेको आरोप लगाए ।

नेपालमा जवरजस्त एमसिसी ल्याएर अमेरिकारले नेपालको परराष्ट्र नीति भत्काएर नेपाललाई चीन बिरोधी अखडा बनाउन खोजेको भन्दै  नेपालमा हिन्दु राष्ट्र कायम गर्न खोज्ने भारत र एमसिसी ल्याएर अमेरिकी सेना नेपाल भित्राउन खोजेको बताए ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले सरकारको असफलताका कारण मुलुकले संकट भोन्नु परेको बताईन् । अनियमितता, भ्रष्टाचार, महङीले सीमा नाघेको उल्लेख गर्दै हत्याहिंसाका घटनामा संलग्नहरुलाई सरकारले कारावाही गर्न नसकेको बताईन् । तीन दिनसम्म  चल्ने सम्मेलनले नयां नेतृत्व चयन गर्ने छ  । सम्मेलनमा ७१ जिल्लाबाट ३ बढीको प्रतिनिधित रहेको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस