चितवनमा २१ करोडको लागतमा निर्माणाधिन पक्की पुल संचालनमा नआउदै भत्कियो

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, ०९ : ३१
चितवनमा २१ करोडको लागतमा निर्माणाधिन पक्की पुल संचालनमा नआउदै भत्कियो

चितवन । चितवनमा निर्माणधिन एक पक्की पुल बनेर संचालनमा नआउदैं भत्किएको छ । भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदी माथिको निर्माणाधीन पक्की पुल मंगलबार बिहान भत्किएको हो ।  ।

कंक्रिट संरचना निर्माण सम्पन्न गरि स्टीलको संरचना राख्ने तयारीमा रहेको सो पुल भत्किएको हो । पुल भत्किएपछि आवागमन समेत ठप्प भएको स्थानियबासीले जनाएका छन् ।  पुल भत्किएको विषयमा स्थानिय प्रशासनले जानकारी प्राप्त भएको र कसको लापरवाहीले त्यो भएको हो यथार्थ बुझने काम भइरहेको जनाएको छ । 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीका अनुसार इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी सँग शुरुमा १६ करोडको लागतमा निर्माण सम्झौता भएको र  नक्साङ्कन संशोधन (डिजाइन रिभ्यू) पछि लागत बढेर २१ करोड ६८ लाख रुपिंयाँ पुगेको थियो । चार बटा स्पान र ८० मिटर स्टील ट्रस्ट संरचना रहने उक्त पुल २२० मिटर लामो रहेको छ ।

निर्माण कम्पनीका प्रमुख योगेन्द्र कँडेलका अनुसार पुलमा क्रङ्किट स्पानको काम सकिएको र के कसरी भत्किएको हो भन्ने बुझ्ने काम भईरहेको बताएका छन् । उनले पुलको दुई वटा स्पान खसेको जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस