नाइजेरियाको जेलबाट भागे १८ सय बढी कैदी बन्दी

एजेन्सी

मंगलबार, २४ चैत्र २०७७, ०८ : ४४
नाइजेरियाको जेलबाट भागे १८ सय बढी कैदी बन्दी

एजेन्सी । नाइजेरियाको जेलबाट १८ सय भन्दा धेरै कैदी बन्दी फरार भएका छन् । दक्षिण पूर्वी शहर ओवेरीमा रहेको जेलमा बन्दुकधारीले आक्रमण गरेपछि कैदी बन्दी भागेका हुन् ।

जेलको प्रशासनिक भवनमा आक्रमणकारीले बिस्फोट गराएका थिए । अहिलेसम्म ६ कैदी फर्किएका छन् । ३५ जना जेलबाट भागेनन् । प्रतिबन्धित विखण्डनकारी समूह इन्डिजिनिअस पिपुल अफ बिअफ्राले आक्रमण गरेको आरोप प्रहरीले लगाएको छ ।

तर सो समूहले आक्रमणमा आफ्नो संलग्ना अस्वीकार गरेको छ । इमो राज्यमा रहेको जेलबाट १८ सय ४४ कैदी बन्दी भागेका हुन् ।

प्रतिक्रिया दिनुहोस