आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, २३ चैत्र २०७७, ०८ : २३
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेपनि अन्य क्षेत्रको मौसम सफा रहने  जनाएको छ ।

स्थानीय र पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा बदली हुने देखिएको हो । अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट र हल्का वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस