ओली प्रधानमन्त्री भएदेखि नै संविधानमाथि खेलवाड भयो : खाण

सफल खबर संवाददाता

शनिबार, २१ चैत्र २०७७, १२ : २४
ओली प्रधानमन्त्री भएदेखि नै संविधानमाथि खेलवाड भयो : खाण

file Photo

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले केपी ओली प्रधानमन्त्री भएदेखि नै संविधानमाथि खेलवाड भएको बताएका छन् ।

शनिबार राप्ती समाज क्यानाडाद्वरा काँग्रेस  पूर्व महामन्त्री एवम पूर्व गृहमन्त्री स्वर्गीय खुमबहादुर खडकाको तेस्रो स्मृति दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा खाणले प्रधानमन्त्री ओलीले नागरिकको हक बन्चित गर्ने गरी संबैधानिक संकट निम्त्याउन लागेको बताएका हुन् ।  

उनले त्यसैको निरन्तरता अनुसार अन्ततः असंवैधानिक र अलोकतान्त्रिक रुपमा संसद विघटनको दुस्प्रयास गरेको आरोप लगाए ।  


यस्तै, उनले काँग्रेस कमजोर भए लोकतन्त्र पनि कमजोर हुने बताए । लोकतन्त्र कमजोर हुदा देश र जनता कमजोर हुने उनको भनाइ छ । यस्तै उनले स्वर्गीय खड्काप्रति श्रद्धा सुमन ब्यक्त गर्दै एक अदम्य इच्छा शक्ति भएको  नेताका रुपमा खड्कालाई चित्रण गरे । 

बिपी कोइरालासँग २०३३ साल पुसमा सहमति, सहकार्य र एकताको भावना बोकी सँगै नेपाल आउने व्यक्ति खड्का पनि नरहेको नेता खाणले बताए । खड्कालाई सदैब पार्टीलाई गतिशील बनाउन केन्दिकृत हुने नेताको रुपमा उनले चित्रण गरे । 

नेता खाणले  नेपाली काँग्रेस को योद्धाहरुको विषयमा धेरै अन्वेषण गर्न र दस्ताबेज बनायेर लिपिबद्द गर्नुपर्ने संस्थागत दायित्व भएको बताए । कार्यक्रमको सञ्चालन राप्ती समाज क्यानडाको सदस्य निराजन थापा र तरुण दल राप्ती गाउँपालिका अध्यक्ष आशिष पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस