काठमाडौं । संविधानलाई नै भड्खालोमा हाल्ने गरि गैरसंवैधानिक कदम चाल्दै आईरहेका प्रधानमन्त्री केपी ओली अब पार्टी भित्रका केही नेतालाई प्रताडना दिन जेल हाल्ने र पार्टी बाहिरकालाई समेत भ्रष्टाचार मुद्दामा फसाउने प्रयासमा लागेका छन् । श्रोतहरुका अनुसार त्यही अनुसार प्रधानमन्त्री ओलीकै रणनितिमा पछिल्लो पटक सर्वोच्च अदालतमा बालुवाटारको ललिता निवास प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्धको मुद्दा परेको छ ।
कानुन व्यवसायी बालकृष्ण नेउपानेले दायर गरेको रिटमा सर्वोच्चले तत्कालीन मन्त्रिपरिषद्को निर्णय मगाउने फैसला पनि गरिसकेको छ । ओलीको योजनामा नै यी सबै काम भइरहेको जानकारहरुको भनाइ छ । ओलीले सर्वोच्चका प्रधानन्यायाधीशलाई समेत नेताहरु विरुद्धको मुद्दालाई प्रमुख प्राथमिकतामा राखी आफनो योजना अनुसार काम गर्न अन्यथा राम्रो नहुने भन्दै धम्की दिएको स्रोतको दावी छ । माधवकुमार नेपाललाई भित्तामा नै पु¥याईदिने बताउँदै आएका ओलीको प्रतिगामी सोच र चिन्तनकै कारण देशमा आएको परिवर्तनको सबै प्रक्रिया धरापमा पर्ने अवस्था सिर्जना भएको छ ।
उनले गणतन्त्रवादी र परिवर्तकारी सबै नेता तथा कार्यकर्तालाई जेल हाल्ने र आफनो निरंकुश तानाशाही व्यवस्था लागू गर्ने सोच बनाएका छन् । सोही सोच अनुसार नै राज्यका हरेक निकायलाई आफ्नो कब्जामा पारेर उनी शक्ति आर्जन गर्न लालायित छन् । एमालेको नाममा ओलीले गुटबन्दीको राम्रै हिसाब किताब गरेका छन् । अदालत मार्फत उनले पार्टीमा लामो योगदान गरेका, एमाले पार्टी बनाएका र स्थापित गरेकालाई समेत कारवाही गर्ने हर्कत गरेका छन् । सोही हर्कतको योजना अनुसार नै उनले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारवाहीको नाटक गरेका छन् । जसलाई कारवाही गर्नुपर्ने हो, सोहीले नै अरुलाई कारवाही गरेर विधि, पद्दती, प्रणाली, नियम, कानून र संविधानको समेत हुर्मत लिने काम गरिएको छ ।
ओलीतन्त्रको अन्त्यका लागि नेपालका सबै राजनीतिक दलकाबीचमा साझा प्रयत्नको खाँचो छ, साझा प्रतिवादको खाँचो छ । सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक आयोग र निकायलाई समेत पंगु बनाएर आफु केन्द्रित शक्तिका अभ्यास गर्न खोजेका ओलीलाई कानूनी कारवाहीका साथ साथै राजनीतिक कारवाही समेत जरुरी रहेको राजनीतिक विश्लेषकहरुको ठहर छ । ओलीले विरोधी सिध्याउने अभियान अन्तर्गत नै माधव नेपाल र डा बाबुराम भट्टराई विरुद्ध पहिलो निशाना साँधेका छन् । यसमार्फत अरु नेता तथा कार्यकर्तालाई तर्साउने उनको नीति रहेको छ । यस्तै, जमानामा नै मिलेसकेको लडाकुको भक्ताका सम्बन्धमा अनियमितता भएको भन्ने आरोपमा समेत पूर्व माओवादीका नेता तथा कार्यकर्तालाई जेल हाल्ने उनले तयारी गरेको स्रोतको दावी छ ।
स्रोतहरुका अनुसार ओलीले आफना गुटका बाहेक अरु सबैलाई सिध्याउने योजना बनाएका छन् । सोही योजना अनुसार उनी निकटस्थ केही अनलाइनहरुमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई तर्साउनका लागि उनको पत्नीले अनियमितता गरेर समाचार सार्वजनिक गराएका छन् । झण्डै २ अर्ब बराबरको रकम अनाधिकृत तवरले कमाएको भन्दै सम्पत्ति शुद्धिकरण विभागले आरजू राणाको सम्पत्ति छानबिन गरिरहेको ओली निटकस्थहरुका केही अनलाइन मार्फत प्रचार गराइएको छ । त्यसबाट काँग्रेस सभापतिलाई साइजमा ल्याउन सकिने उनीहरुको सोच रहेको छ ।
परिवर्तनको पक्षमा उभिने र उनको विरोधमा रहेका सबै नेता तथा कार्यकर्तालाई जे जसरी भएपनि कारवाही गर्ने, उनीहरुको राजनीतिक जीवन सिध्याउने तथा उनीहरुलाई जनताको नजरमा अपराधी सिद्ध गरेर देशमा लुटतन्त्र चलाउने योजनामा ओली छन् । माधव नेपालहरुको शब्दमा सरकारी साधन र स्रोतको दुरुपयोग गरेर बालुवाटामार बैठकको आयोजना गर्ने, राज्यकोषको दुरुपयोग गरेर दैनिक जसो नै भोजभतेर गर्ने, नाच गान गराउने काममा ओली सक्रिय छन् । राज्यकोषको रकम खर्च गरेपछि सार्वजनिक रुपमा जानकारी दिनुपर्ने र खर्च विवरण वेवसाइट मार्फत आम जानकारीका लागि सार्वजनिक गर्नुपर्नेमा ओलीले त्यो समेत गरेका छैनन् ।
कहिले व्यापारीका नाममा, कहिले गुट भेलाका नाममा, कहिले कार्यकर्ता प्रशिक्षणको नाममा, कहिले केन्द्रीय कमिटिको बैठकको नाममा ओलीले राज्यकोषको नराम्ररी दुरुपयोग गरेका छन् । ओलीका मान्छेहरु कहिले मारवाडी भोजको चर्चा गरेर आफनो हैसियत आफै घटाउन उद्यत् छन्, भने कहिले रात्रीभोज तथा दिवाभोजका नाममा राज्यकोषको लुटपाटमा लागेका छन् । राजनीतिक संक्रमणको फाइदा उठाएर देशको ढुकुटीको व्यवस्थापन गर्ने अर्थमन्त्रालयका विभागिय मन्त्री नै रकमान्तर गरेर आफनो निर्वाचन क्षेत्रमा बजेटको खोलो बगाएका छन् । राज्यकोषबाट यसरी अनाधिकृत रुपमा रकम लैजानेमा भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, ७० करोडको घुसकाण्डमा परेका गोकूल बाँस्कोटा, तस्करीलगायतका दादागिरी हर्कतमा रमाएका महेश बस्नेतले समेत सक्रिय भुमिका निर्वाह गरेका छन् ।
उनीहरुले राज्यकोषको दोहन गरिरहँदा चुपचाप बस्ने ओलीले भने आफना विरोध गरेकै अभियोगमा केही नेताको राजनीतिक जीवन नै सिभ्याइदिने षड्यन्त्रमा लागिपरेका छन् । स्रोतहरुका अनुसार ओलीले आफना गुटका बाहेक अरु सबैलाई सिध्याउने योजना बनाएका छन् । सोही योजना अनुसार उनी निकटस्थ केही अनलाइनहरुमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई तर्साउनका लागि उनको पत्नीले अनियमितता गरेर समाचार सार्वजनिक गराएका छन् ।
झण्डै २ अर्ब बराबरको रकम अनाधिकृत तवरले कमाएको भन्दै सम्पत्ति शुद्धिकरण विभागले आरजू राणाको सम्पत्ति छानबिन गरिरहेको ओली निटकस्थहरुका केही अनलाइन मार्फत प्रचार गराइएको छ । त्यसबाट काँग्रेस सभापतिलाई साइजमा ल्याउन सकिने उनीहरुको सोच रहेको छ । काँग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको चर्चाका बीचमा ओली र उनका निकटस्थले यस्तो हल्ला चलाएका छन् । एमाले र माओवादीका नेतालाई भ्रष्टाचार मुद्दामा दुःख दिने, काँग्रेसका नेतालाई सम्पत्रि शुद्धिकरणमा तान्ने उनको साजिसको क्रमशः पर्दाफास हुन लागेको छ । निभ्ने बेलामा बत्ती पनि चहकिलो बल्छ भने जस्तै गरी सबैतिरबाट एक्लिएका ओलीले विगतका सरकारले गरेका राम्रा कामलाई समेत आफैले गरेको भन्दै प्रचार गराएका छन् । ओलीको कार्यकालमा कुनै पनि काम नभएपछि जसरी भएपनि आफू राम्रो रहेको देखाउन ओलीले हुने नहुने सबै काम गरिरहेका छन् ।
ओली प्रधानमन्त्री भएको तीन वर्षमा प्रत्येक नेपालीको टाउकोमा झण्डै ५१ हजार बराबरको ऋण पुगेको छ । व्यापारिक साझेदार यति समूहलाई पूर्व राजपरिवारका महत्वपूर्ण र व्यापारिक दृष्टिले समेत महत्वपूर्ण मानिएका स्रोत तथा साधन सुम्पिइएको छ । ओम्नी प्रकरण, स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, मलकाण्ड, बुढीगण्डकी काण्ड जस्ता सयौं काण्ड तीन वर्षको बीचमा भएको छ । जताततै , भ्रष्टाचार, कुशासन, भ्रष्टाचार तथा अनियमितता मौलाएको छ । पछिल्ला दिनमा मात्रै व्यापारीलाई खुसी बनाउने भन्दै भृकुटी कागज कारखानाको झण्डै १५ अर्ब बराबरको जग्गा बिक्री गर्न दिने निर्णय पनि उनले गरेका छन् ।
जानकारहरुका अनुसार ओलीका नजिक भनिएका सबैजसो नेताहरु एउटा न एउटा भ्रष्टाचार काण्डमा फसेका छन् । ओलीका खास मान्छे भनिएका विष्णु पौडेललाई एमालेभित्र अग्रवालको नामले चिनिन्छ । बालुवाटारको ललिता निवास प्रकरणमा जोडिएका भएपनि उनलाई कुनै कारवाही भएन । यस्तै, ओलीका अर्का खास मान्छे, शंकर पोखरेलले लुम्बिनी प्रदेशमा गरेको लुटपाटको कुनै हिसाब नभएको सो प्रदेशका प्रमुख सचिवको कार्यालयका एक शाखा अधिकृतले जानकारी दिएका छन् । भानुभक्त ढकाल स्वास्थ्य सामग्रीको खरिदमा गरेको भ्रष्टाचारका कारण नराम्ररी गन्हाएका छन् । गोकूल बाँस्कोटा ७० करोड प्रकरणमा जोडिएपनि अरुलाई अर्ती उपदेश दिएर बसेका छन् । उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेलले समेत सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको छानबिनको कागज देखाएर व्यापारीसँग पैसा उठाउन नै उद्यत् रहेका छन् । प्रदीप ज्ञवालीको अवस्था पनि उस्तै छ ।
वनमन्त्री बनाइएका प्रेमबहादुर आलेको अवस्था पनि त्यस्तै छ । कसरी पैसा कमाउनेमा नै उनीहरुको ध्याउन्न छ । ओली गुटमा लागेका लेखराज भट्टको ध्यान नै जसरी भएपनि पैसा कमाउने भन्दा अरु तर्फ छैन । यसरी ओलीको नाममा जसरी भएपनि पैसा कमाउने र राज्यस्रोतको दोहनमा लागेकालाई नै कारवाहीको दायरामा ल्याउन पहल गर्नुपर्ने आम जनसमुदायको भनाइ छ । ओलीले विरोधीलाई दबाउन जे जस्तो सुकै कदम चालेपनि एक न एक दिन ओली र उनका मतियार समेत कानूनी दायरामा आउनेछन् र उनीहरुलाई नेपाली जनताले नै नसिहत दिन्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ चैत्र २०७७, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बोलाए बालुवाटार
प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी
विकास आयोजनाहरूलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री ओलीद्वारा ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को उद्घाटन
प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै प्रधानमन्त्री ओली