काठमाडौं । देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अपरान्हपछि प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन–चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको पनि जनाएको छ । महाशाखाले शनिबार बिहान निकाले मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा शनिबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूगमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने उल्लेख गरेको छ ।
यस्तै प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन–चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ चैत्र २०७७, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईका धेरै स्थानमा बाक्लो हुस्सु
आज कस्तो रहला देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?