कोरोना कहर : ब्राजिलमा एकैदिन ३ हजार ८ सय जना भन्दा बढीको मृत्यु

एजेन्सी

शुक्रबार, २० चैत्र २०७७, १० : ०६
कोरोना कहर : ब्राजिलमा एकैदिन ३ हजार ८ सय जना भन्दा बढीको मृत्यु

file photo

एजेन्सी ।  कोरोना भाइरस तिब्र बनेसँगै ब्राजिलमा एकैदिन तीन हजार ८ सय जना भन्दा बढीको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार २४ घण्टामा ब्राजिलमा तीन हजार ८६९ जनाको मृत्यु भएको हो ।

योसँगै ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको कूल सङ्ख्या ३ लाख २१ हजार ५१५ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । धेरै सङ्क्रमित रहेको देशहरूको सूचीमा दोस्रो क्रममा रहेको ब्राजिलमा अहिलेसम्म एक करोड २७ लाख ४८ हजार ७४७ जना सङ्क्रमित भएका छन् । तीमध्ये ९० हजार ६३८ जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस