काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले देशलाई अनिर्णयको अवस्थामा राख्ने अधिकार कसैसँग नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अबको एक हप्ता भित्र सबै विषय टुङ्गिनुपर्ने बताए ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले आ–आफ्नो निर्णय तुरुन्तै गर्नुपर्ने पनि थापाले बताए । उनले भने, ‘हामीले पनि लामो समयसम्म संसद र देशलाई अलमलमा राख्नुहुन्न । माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने, नलिने तत्काल निर्णय गर्नुपर्छ । जसपाले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भए गर्ने भनोस् ।
हामीलाई गर्ने भए गर्ने भनोस् । हामीले पनि माओवादी र जसपासँग निर्णायक वार्ता गरेर समर्थन लिन सक्छौ, हामीले समर्थन लिएर सरकार बनाउने भनौँ । अब सरकार चलाउने इच्छा छैन भने छैन भनेर भनौँ । हामी अहिले जसरी यो संसदलाई किंकर्तव्यविमुढ जस्तो अवस्थामा बनाएका छौँ यो देश प्रतिको घात हो ।
हामी सबै मिलेर गरिरहेका छौँ अहिले । अनिर्णयको अवस्थामा राख्ने अधिकार हामी कोहीसँग पनि छैन । अब अधिकतम एक हप्ता भित्रमा यो सबै कुरा हामीले टुंग्याउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ चैत्र २०७७, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा
विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ : गगन थापा