उदयपुर । चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो लागेको छ । एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा सो क्षेत्रका आधादर्जन गाउँ उच्च जोखिममा परेका छन् ।
त्रियुगा नगरपालिका क्षेत्रको सनुवा सामुदायिक वन लालपता, शाहीखोला र नवोउदय सामुदायिक वनमा डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, प्रहरीको सक्रियतामा डढेलो नियन्त्रणमा आएको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकृत जागेश्वर साहले जानकारी दिए ।
अहिले त्रियुगा नगरपालिकाको चुरे क्षेत्रमा लागेको डढेलो स्थानीयवासी, प्रहरी र वनका कर्मचारी मिलेर नियन्त्रण गरेका छन् । त्रियुगा नगरपालिका क्षेत्रको पश्चिम चुरे क्षेत्र र दक्षिण चुरे क्षेत्रका दर्जनौँ सामुदायिक वनमा डढेलो बढ्दै गएको छ । सो आसपासका गाउँ उच्च जोखिममा छन् ।
डढेलो नियन्त्रणमा वनका कर्मचारी, स्थानीयवासी र प्रहरी खटिएका छन् । हावाहुरी चल्ने क्रम बढ्दै गएपछि डढेलो फैलिँदै गएको त्रियुगा नगरपालिका– २ सनुवाका कृष्ण राजधामीले बताए ।
उदयपुर जिल्लामा ३०० भन्दा बढी सामुदायिक वन छन् । चुरे क्षेत्रका सामुदायिक वन प्रायः गाउँसँग जोडिएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १८ चैत्र २०७७, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
चितवनमा ५ हजार हेक्टर वन क्षेत्रमा डढेलो
वनमा लागेको डढेलोमा परी युवतीको मृत्यु, चार घाइते
वन पैदावार उपयोग नहुँदा बढ्दै डढेलोको जोखिम
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो