काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।
बैठक संघीय संसद भवन बानेश्वरमा बैठक बस्नेछ। बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ।यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छन्।
त्यस्तै विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको छ । विभिन्न समितिका सभापतिले बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ चैत्र २०७७, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा पुन:स्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च पुग्यो एमाले
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने