काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले गोप्य अनुसन्धानमा खटिने प्रहरी कर्मचारीको पहिचान खुल्नेगरी पोसाक तोकेपछि अनुसन्धानमा बाधा पुग्ने देखिएको छ ।
सोमबार बागमती प्रदेश प्रहरी कार्यालयले कुनै घट्ना वा अपराधपछि त्यसको गोप्य अनुसन्धान कार्यमा खटिने प्रहरीलाई ज्याकेट (फ्लोरोसेन्ट) र टोपी वितरण गरेसँगै प्रहरीले गर्ने अनुसन्धानमा बाधा पुग्ने देखिएको हो ।
अनुसन्धानमा खटिने प्रहरीको हुलिया खुलाउन नहुने सुरक्षा निकायका विज्ञहरूले बताए। पूर्वडिआइजी हेमन्त मल्लले गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई एकैखाले प्रहरी भनेर छुट्टिने लुगा वितरण गर्न गलत रहेको बताए। उनले भने, ‘अनुसन्धानमा खटिने प्रहरीको पोसाक अरुले छुट्याउन नसक्ने किसिमको हुनुपर्छ, तर प्रहरीको हुलिया नै खुल्नेगरी पोसाक वितरण गर्दा अनुसन्धानमा बाधा पुग्छ।’
उनले ज्याकेट र टोपी वितरण गर्नुभन्दा प्रहरीकै युनिफर्म लगाउनु बेस हुने बताए। उनका अनुसार अनुसन्धान कार्यमा खटिने प्रहरीलाई कसैले प्रहरी भनेर छुट्याउन सक्ने किसिमको हुनु हुँदैन । ठाउँ र परिवेश अनुसन्धान अनुसन्धानमा सहयोग पुग्नेगरी भेषभुषा बदल्नुपर्ने प्रहरीको अनुसन्धानसम्बन्धि नियामावलीले बताउँछ ।
पूर्वडिआइजी पीताम्बर अधिकारीले सादा पोसाकमा खटिएर गोप्य अनुसन्धान गर्ने प्रहरीको पहिचान नै खुल्नेगरी पोसाक वितरण हुनु उचित नभएको बताए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १८ चैत्र २०७७, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२ सहायक हबलदारसहित १८ प्रहरी सम्पर्कबिहीन
१८ प्रहरी कर्मचारी सम्पर्कविहिन, ७ दिनभित्र हाजिर नभए कारबाही
विशेष अपरेसन सञ्चालनको तयारीमा नेपाल प्रहरी
भागेका कैदीबन्दीले गाउँमा बदला लिन सक्छन्, सचेत रहनू : प्रहरी
नेपाल प्रहरीमा भर्ना खुल्यो (सूचनासहित)
प्रहरीलाई गृहमन्त्रीले भने - म अहिंसावादी हुँ, तपाईँहरू पनि त्यसैगरी पेश हुनुस्