काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले गोप्य अनुसन्धानमा खटिने प्रहरी कर्मचारीको पहिचान खुल्नेगरी पोसाक तोकेपछि अनुसन्धानमा बाधा पुग्ने देखिएको छ ।
सोमबार बागमती प्रदेश प्रहरी कार्यालयले कुनै घट्ना वा अपराधपछि त्यसको गोप्य अनुसन्धान कार्यमा खटिने प्रहरीलाई ज्याकेट (फ्लोरोसेन्ट) र टोपी वितरण गरेसँगै प्रहरीले गर्ने अनुसन्धानमा बाधा पुग्ने देखिएको हो ।
अनुसन्धानमा खटिने प्रहरीको हुलिया खुलाउन नहुने सुरक्षा निकायका विज्ञहरूले बताए। पूर्वडिआइजी हेमन्त मल्लले गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई एकैखाले प्रहरी भनेर छुट्टिने लुगा वितरण गर्न गलत रहेको बताए। उनले भने, ‘अनुसन्धानमा खटिने प्रहरीको पोसाक अरुले छुट्याउन नसक्ने किसिमको हुनुपर्छ, तर प्रहरीको हुलिया नै खुल्नेगरी पोसाक वितरण गर्दा अनुसन्धानमा बाधा पुग्छ।’
उनले ज्याकेट र टोपी वितरण गर्नुभन्दा प्रहरीकै युनिफर्म लगाउनु बेस हुने बताए। उनका अनुसार अनुसन्धान कार्यमा खटिने प्रहरीलाई कसैले प्रहरी भनेर छुट्याउन सक्ने किसिमको हुनु हुँदैन । ठाउँ र परिवेश अनुसन्धान अनुसन्धानमा सहयोग पुग्नेगरी भेषभुषा बदल्नुपर्ने प्रहरीको अनुसन्धानसम्बन्धि नियामावलीले बताउँछ ।
पूर्वडिआइजी पीताम्बर अधिकारीले सादा पोसाकमा खटिएर गोप्य अनुसन्धान गर्ने प्रहरीको पहिचान नै खुल्नेगरी पोसाक वितरण हुनु उचित नभएको बताए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १८ चैत्र २०७७, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सशस्त्र प्रहरीको साहस र समर्पण: नागरिकको ज्यान जोगाउने हाम्रो पहिचान — राजु अर्याल
प्रहरीमा दिइएका निवेदन-जाहेरीको प्रगतिबारे अब फोन वा एसएमएसबाटै जानकारी
नेपाल प्रहरीमा जवान पदको माग संख्यामा वृद्धि
प्राविधिक प्रहरीतर्फ विभिन्न पदमा भर्ना खुल्यो
२४ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो सूचना