उदयपुर । जिल्लाको बेलका नगरपालिका–८ कोठुमा प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सात केजी गाँजासहित पक्राउ पर्ने युवा बेलका नगरपालिका–७ का २४ वर्षीय अनिश राई रहेका छन् ।
सोमबार बेलुकी ५ बजेतिर ना ४ च १५१६ नंको बरगाछी बजारतिर आउँदै गरेको पिकअप भ्यानमा सवार राईलाई गस्तीमा रहेको प्रहरीले शङ्का लागेर जाँच गर्दा पक्राउ परेको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।
इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोकसिलाको गस्ती प्रहरी टोलीले राईलाई गाँजासहित पक्राउ गरेपछि इप्रका बेलकामा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १७ चैत्र २०७७, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद