उदयपुर । जिल्लाको बेलका नगरपालिका–८ कोठुमा प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सात केजी गाँजासहित पक्राउ पर्ने युवा बेलका नगरपालिका–७ का २४ वर्षीय अनिश राई रहेका छन् ।
सोमबार बेलुकी ५ बजेतिर ना ४ च १५१६ नंको बरगाछी बजारतिर आउँदै गरेको पिकअप भ्यानमा सवार राईलाई गस्तीमा रहेको प्रहरीले शङ्का लागेर जाँच गर्दा पक्राउ परेको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।
इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोकसिलाको गस्ती प्रहरी टोलीले राईलाई गाँजासहित पक्राउ गरेपछि इप्रका बेलकामा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १७ चैत्र २०७७, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
गाजाको राफा नाका आजदेखि खोलिने, छ सय सहायता सवारी प्रवेश गर्ने तयारी
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
गाजा इजरायल शान्ति योजना अनुमोदन, ७२ घण्टापछि २० बन्धक रिहा हुने
इजरायलले गाजामा गरेको आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनी मारिए