भण्डारीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

रासस

सोमबार, १६ चैत्र २०७७, १३ : २०
भण्डारीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । भण्डारीको आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको हो ।
 
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै उनमा भावपूर्ण श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
 
धनुषाको जनकपुर उपमहानगरपालिका निवासी स्व। भण्डारी २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत काँग्रेसका तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । स्व.भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । भण्डारीको निधनबाट काँग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस