सिग्देल बन्धु प्रतिष्ठानको दोस्रो महाधिवेशन सकियो

प्रकाश सिग्देल

आइतबार, १५ चैत्र २०७७, १८ : ००
सिग्देल बन्धु प्रतिष्ठानको दोस्रो महाधिवेशन सकियो

चितवन । सिग्देल बन्धु प्रतिष्ठानको केन्द्रिय कार्यालय गैंडाकोटमा भएको १८औं साधारणसभा तथा दोस्रो महाधिवेशन ले दुर्गा प्रसाद सिग्देलको अध्यक्षतामा २५ सदस्य नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा प्रदेश एक बाट बोधराज सिग्देल,प्रदेश दुई बाट प्रमोद सिग्देल, बागमती प्रदेशबाट महेन्द्र सिग्देल,गण्डकी प्रदेशबाट  रामचन्द्र सिग्देल, लुम्बिनी प्रदेशबाट अमृत प्रसाद सिग्देल,कर्णाली प्रदेशबाट छबिलाल सिग्देल,सुदुरपश्चिम प्रदेशबाट  शशीचन्द्र सिग्देल चयन भएका छन् । त्यस्तै महासचिवमा गिरिराज उपाध्याय सिग्देल, उप महासचिवमा पुर्ण चन्द्र सिग्देल र सचिवमा प्रदेश एक बाट चेतनाथ सिग्देल,प्रदेश दुइ बाट राम कृष्ण सिग्देल, बागमती प्रदेशबाट सुभाष सिग्देल, गण्डकी प्रदेशबाट खेमानन्द सिग्देल, लुम्बिनी प्रदेशबाट मेघराज सिग्देल,कर्णाली प्रदेशबाट धर्मराज सिग्देल, सुदुरपश्चिम प्रदेशबाट तारा राज सिग्देल चयन भएका हुन् ।

त्यस्तै कोषाध्यक्षमा राम प्रकाश सिग्देल चयन भएका छन् । सदस्य हरुमा प्रकाश सिग्देल ,गोमा देबी सिग्देल,शरद सिग्देल,वसन्त कुमार सिग्देल,चुडामणि सिग्देल, देबेन्द्र राज सिग्देल र प्रकाश सिग्देल चयन भएका छन् ।

त्यस्तै एक राज सिग्देलको संयोजकत्वमा ५ सदस्य लेखा समिति समेत गठन गरेको छ । जसमा रामप्रसाद सिग्देल, गोमा सिग्देल, डिल्ली राम सिग्देल चन्द्र, कान्त सिग्देल रहेका छन् । सिग्देल बन्धु प्रतिष्ठानको दोस्रो महाधिवेशन तनहु क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य केदार सिग्देलको प्रमुख आतिथ्यतामा भएको हो । बन्धु हित र एकतामा लाग्दै संमृद्ध नेपाल निमार्णमा योगदान गर्न उनले सबै बन्धुहरुलाई अपिल गरे ।

कार्यक्रममा नेपाली सिने क्षेत्रका चर्चीत कलाकार आर्यान सिग्देललाई सिनेबिधामा अवार्ड प्रदान गरी सम्मान समेत गरिएको थियो भने प्रतिष्ठानको केन्द्रिय कार्यालय निमार्ण देखी अरु धेरै कुरामा सहयोग गर्ने विशिष्ठ व्यक्ति हरुलाई सम्मान समेत गरिएको थियो । महाधिवेशनमा देशैभरीबाट ३ सय जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपालको ४३ जिल्लामा सिग्देलहरुको बसोबास रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस