क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना भाइरस संक्रमण

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, १६ : ४६
क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना भाइरस संक्रमण

काठमाडौँ । विश्वचर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना भाइरस संक्रमण भएको छ । उनले ट्विटमार्फत कोराना भाइरस संक्रमण भएको बताएका छन् ।

४७ वर्षीय तेन्दुलकरले कोरोना देखिएपछि आफूलाई घरमै कैद गरेको बताएका छन् । उनले भनेका छन्, “सामान्य लक्षणपछि ममा कोरोना पोजिटिभ देखिएको छ । मैले आफूलाई घरैमा कैद गरेको छु ।’

उनले थपे, ‘यो महामारीसँग सम्बन्धित आवश्यक प्रोटोकल फलो गरिरहेको छु । म सबै हेल्थकेयर प्रोफेशनल्सलाई धन्यवाद दिन्छु ।’

प्रतिक्रिया दिनुहोस