काठमाडौं । नेपाली काँग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको पार्टीको झण्डा आधा झुकाउने भएको छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको हो ।
यस्तै, १७ एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ । तीन दिन शोकसभा बाहेक कार्यक्रम पनि नगर्ने भएको छ । यस्तै, १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राख्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ । जोशीप्रति एक मिनेट मौनधारण गरि बैठक सकिएको छ ।
मौसम खराबीका कारण विराटनगरमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतका नेता बैठकमा सहभागी हुन सकेनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०७७, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा