प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन किन डराइरहेको छ नेपाली काँग्रेस ?

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, ०९ : १३
प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन किन डराइरहेको छ नेपाली काँग्रेस ?

काठमाडौँ, । प्रतिनिधिसभा संसद पुनःस्थापना भएको एक महिना पूरा भएको छ । यो एक महिना यता ४, ५ पटक संसद समेत बसिरहेको छ । संसदलाई सरकारले बिजनेस नदिदा कुनै ठोस विषयमा बहस तथा कुनै काम हुनसकेको छैन् । यता प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा विघटन गरेको संसद पुनः स्थापना भएको यतिका समय भएपनि ओली र उनको सरकार हटाउन प्रमुख नेतृत्व लिनुपर्ने प्रतिपक्ष दल नेपाली काँग्रेस आफ्नै घर झगडामा रमाएको छ ।

काँग्रेसले आँट गर्दै सबै अन्य दलहरुलाई साथमा लिई पहल गर्ने हो भने ओली उनी विरुद्ध अविश्वासको प्रस्ताव ल्याई हटाउन सकिन्छ । तर, काँग्रेस किन ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन तयार छैन भन्ने विषयलाई अहिले धेरैले चासोका साथ हेरेका छन् । आखिर किन काँग्रेस ओली सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउदैंन् ।

जानकारहरुका अनुसार काँग्रेसका सभापति अरु कोही कसैलाई पनि प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार छैनन् । देउवाले अर्को कुनै नेतालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भए, राजनीति सहज मार्गमा अगाडि बढ्ने थियो । काँग्रेसभित्र प्रकाशमान सिंहदेखि गगन थापासम्म प्रधानमन्त्रीका लागि योग्य छन् ।

उनीहरुलाई अगाडि जान पनि नदिने, आफै मात्रै अगाडि सर्ने, मलाई ज्योतिषीले चार महिना कुर भनेको छ भन्दै देउवा लत्रक्क परेको उनी निकटस्थहरुको भनाइ छ । ज्योतिषीको भरमा मात्रै निर्णय गर्ने गरेका देउवालाई एक ज्योतिषीले तीन महिना अगाडि कुनै पनि निर्णय नगर्न भनेको बताइन्छ । सोही कारण प्रतिगमन गर्न उद्यत ओलीले मुलुकको साधन र स्रोतमाथि आँखा लगाउन पाएका छन् । त्यसो त ओली र उनी निकटस्थले पछिल्लो पटक सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले देउवा पत्नी आरजु राणाको झण्डै स्रोत नखुलेको तीन अर्ब बढी रकमको बारेमा छानबनि भइरहेको हल्ला चलाएको छ । 

एउटा तीरले तीनवटा शिकार हुने भन्दै ओली र उनको साइबर सेनाले हल्ला चलाएपछि देउवा ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हिच्किचाएको बताइन्छ । त्यसो त ओलीले तराई केन्द्रीत दल समेत फुटाउने तयारी गरेका छन् । आफ बहुमतमा रहेको देखाउन उनले महन्थ ठाकुर, राजेन्द्र महत्तोलगायतलाई नयाँ दल बनाउन उचालिरहेको बताइन्छ । उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलाई छाडेर भएपनि नयाँ पार्टी बनाउन र सरकारका आउन ओलीले पटक पटक महन्थ ठाकुरलाई दबाव दिएको बताइन्छ । 

जानकार स्रोतका अनुसार भारत पनि सकेसम्म ओलीलाई नै राख्ने चाहनामा रहेको छ । किनकी आफनो स्वार्थ अनुसार काम गराउन सक्ने मुख्य प्रवृत्ति ओलीमा रहेको छ । नेपालको पश्चिमी सीमा दार्चुलामा भारतले ज्यादती गरिरहेको भएपनि ओली चुपलाग्नुको पछाडि सोही कारण रहेको छ ।

तत्कालीन नेकपाको दबावमा ओलीले नेपालको नक्शा सार्वजनिक गरेको भएपनि भूमि फिर्ता गराउन कुनै पहल गरेका छैनन् । उनले जनतालाई दिएको धोका, देशप्रति गरेको गद्दारी तथा राष्ट्रघातलाई नेपाली जनताले कुनै न कुनै दिन हिसाब किताब गर्ने नै छन् ।

पछिल्लो पटक भारतका खुफिया एजेन्सीको योजनामा नै ओली चलीरहेका छन् । देउवालाई समेत भारतले नराम्ररी थर्काएको काँग्रेसका एक जानकार विश्लेषक बताउँछन् । संसदलाई पंगु बनाउने, राष्ट्र हित विपरित गतिविधि गर्ने तथा अराजकतामा आफनो सफलता देख्ने ओली प्रवृत्तिका विरुद्ध संघर्ष जरुरी रहेको राजनीतिक क्षेत्रमा चर्चा हुने गरेको छ ।

मधेशवादी दल फुटाएर नै सरकार लम्ब्याउने योजनालाई असफल बनाउन सो पार्टीका नेता डा बाबुराम भट्टराईलाई नै भएपनि प्रधानमन्त्रीमा प्रस्ताव गर्नुपर्ने मत पनि राजनीतिक बजारमा आएको छ ।  ओलीले संविधान, कानून, विधि तथा पद्दतीको नै खिल्ली उठाएका कारण उनको विदाई नै नेपाली राजनीतिका लागि तत्कालको कार्यभार बन्न पुगेको छ । जति दिन ओली सरकारमा रहन्छन्, उनले गर्न बाँकी अराजकता कुनै पनि बाँकी रहने छैन ।
 

प्रतिक्रिया दिनुहोस