काठमाडौं । फुङलिङ नगरपालिका–३ मा आज साँझ भएको आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । साँझ भएको आगलागीबाट भीमप्रसाद घिमिरे र चन्द्रमाया रम्तेलको घर जलेर नष्ट भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
सबिन तोलाङ बस्दै आएका घिमिरेको घरबाट अचानक शुरु भएको आगो फैलिँदा चन्द्रमायासमेतको घर जलेको सञ्चारकर्मी जीवन कालिकोटेले जानकारी दिनुभयो । उहाँका अनुसार आगो नियन्त्रणमा आएको छैन । नजिकै रहेका घरसमेतमा जोखिम बढेको छ ।
हावाहुरी चलिरहेकाले र पानी नभएकाले आगो थप फैलिरहेको हो । समयमा नियन्त्रण हुननसके नजिकैका घरसमेतमा क्षति पुग्ने देखिएको कालिकोटेले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १३ चैत्र २०७७, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी