काठमाडौं । फुङलिङ नगरपालिका–३ मा आज साँझ भएको आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । साँझ भएको आगलागीबाट भीमप्रसाद घिमिरे र चन्द्रमाया रम्तेलको घर जलेर नष्ट भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
सबिन तोलाङ बस्दै आएका घिमिरेको घरबाट अचानक शुरु भएको आगो फैलिँदा चन्द्रमायासमेतको घर जलेको सञ्चारकर्मी जीवन कालिकोटेले जानकारी दिनुभयो । उहाँका अनुसार आगो नियन्त्रणमा आएको छैन । नजिकै रहेका घरसमेतमा जोखिम बढेको छ ।
हावाहुरी चलिरहेकाले र पानी नभएकाले आगो थप फैलिरहेको हो । समयमा नियन्त्रण हुननसके नजिकैका घरसमेतमा क्षति पुग्ने देखिएको कालिकोटेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १३ चैत्र २०७७, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि