काठमाडौं । जिल्लाको सुरुङ्गा नगरपालिका–३ भूसिमहुलियामा आज भएको आगलागीमा तीन जनाको घर जलेर नष्ट भएको छ । स्थानीय विन्दुलाल साह, जिलेविया पाल र रामपृत पालको तीन घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ ।
आगलागीले दुई बाख्राको पाठो जलेर मर्नुका साथै सुन, चाँदी, नगद, धान, चामल, लत्ताकपडा जलेर नष्ट हुँदा करिब ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल, ईलाका प्रहरी कार्यालय कडरबोना, प्रहरी चौकी लक्ष्मीपुरबाट पुगेको प्रहरी टोली र स्थानीयवासीले बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १२ चैत्र २०७७, २१ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी