काठमाडौं । जिल्लाको सुरुङ्गा नगरपालिका–३ भूसिमहुलियामा आज भएको आगलागीमा तीन जनाको घर जलेर नष्ट भएको छ । स्थानीय विन्दुलाल साह, जिलेविया पाल र रामपृत पालको तीन घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ ।
आगलागीले दुई बाख्राको पाठो जलेर मर्नुका साथै सुन, चाँदी, नगद, धान, चामल, लत्ताकपडा जलेर नष्ट हुँदा करिब ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल, ईलाका प्रहरी कार्यालय कडरबोना, प्रहरी चौकी लक्ष्मीपुरबाट पुगेको प्रहरी टोली र स्थानीयवासीले बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १२ चैत्र २०७७, २१ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि