प्रधानमन्त्री ओली संसद विघटनमा असफल भएपछि नयाँ प्रपञ्च रच्न लागिपरेका छन्  : डा. भट्टराई

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, ११ : ४९
प्रधानमन्त्री ओली संसद विघटनमा असफल भएपछि नयाँ प्रपञ्च रच्न लागिपरेका छन्  : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद विघटनमा प्रधानमन्त्री ओली असफल भएपछि पुनः नयॅा प्रपंच रच्न थालेको उल्लेख गरेका छन् । 

बिहिबार सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै डा. भट्टराईले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दलको धर्म कुनै पनि बेला बैकल्पिक सरकार दिन सक्नु भएको बताएका छन् ।

उनले सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने र आवश्यक परे नयाँ निर्वाचनमा जान प्रतिपक्षी दल तयार रहनुपर्ने बताए । उनले भनेका  छन्–‘असंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनः नयाँ प्रपञ्च गरिरहेको सरकारलाई विदा गर्न ढिलाई गर्नु प्रतिपक्षी दलको धर्म अनुकुल नभएको समेत बताएका छन् ।’ 

हेर्नुहोस ट्वीट :

 

प्रतिक्रिया दिनुहोस