काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली परिवर्तन नचाहने शक्तिहरूको ‘दलाल’ र ‘मोहरा’ बनेको आरोप लगाएका छन् ।
बुधबार धुलिखेलमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले २०६२÷०६३ पछिको परिवर्तनलाई नरुचाएको शक्तिले ओलीलाई प्रयोग गरेको उल्लेख गरेका हुन् ।
‘संविधान जारी भयो, चुनाव भयो, झण्डै दुई तिहाइ बहुमत पनि ल्याइयो,’ उनले भने, ‘जो पहिलादेखि षडयन्त्रमा थिए, हाम्रै पार्टीभित्रका साथीलाई दलाल बनाउन सफल भए । पार्टीको जसलाई अर्को अध्यक्ष बनाइएको थियो, तिनै अध्यक्षलाई एउटा दलालको रुपमा, मोहराको रुपमा प्रयोग गर्न त्यो वर्ग, त्यो तप्का, त्यो शक्तिले सफलता प्राप्त ग¥यो ।’
प्रतिनिधिसभा विघटनपछि आफूहरुले त्यसका विरुद्ध संघर्ष गरेको र लाखौं जनता सडक संघर्षमा उत्रिएको स्मरण गराउँदै उनले अन्ततः सर्वोच्च अदालतले विघटनको घोषणालाई खारेज गरिदिएको बताए । जनताले एउटा ‘ब्याटल’ जिते पनि ढुक्क हुने अवस्था नरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ चैत्र २०७७, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परम्परागत ‘चल्ते चलाते’ ढंगले अहिलेको परिस्थितिको सामना गर्न सकिँदैन: प्रचण्ड
वामपन्थी ध्रुवीकरणका लागि नेकपा बनाएका हौँ : प्रचण्ड
वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो: प्रचण्ड
निर्वाचनमा कुनै दलसँग गठबन्धन हुँदैन: प्रचण्ड
‘प्रचण्ड’ स्वदेश फिर्ता
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?