काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले दार्चुलामा भारतले एकतर्फी नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरेको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान नपुगेको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै रावलले महाकाली नदीमा भारतले एकतर्फी रुपमा बनाउँदै गरेको तटबन्ध निर्माण तत्काल रोक्न ओलीले कुनै वास्ता नगरेको आरोप लगाएका छन् । नेता रावलले ट्वीटरमा लेखेका छन्, ‛दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रमं केपी ओली वालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ।
सत्ता र कुर्सीका सामु प्रमं केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो–रहस्यमय मौनता।’ रावलले सत्ता र कुर्सीका सामु ओलीलाई देशको भूभागमा के भइरहेको छ, त्यो चासो नभएको आरोप समेत लगाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ चैत्र २०७७, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै